चीनमा अहिले कोभिड–१९ बाट जनता जोगाउनका लागि कडा लकडाउन अपनाइएको छ

बेइजिङ, १६ कात्तिक

चीनमा अहिले कोभिड–१९ बाट जनता जोगाउनका लागि कडा लकडाउन अपनाइएको छ । सरकारको लकडाउन नीतिप्रति स्थानीयले कडा विरोध गरिरहेका छन् । चीनका जनताले लकडाउनको विरोध गर्न फरक शैली अपनाएका छन् ।

उनीहरु सन् ८० को दशकमा भारतीय अभिनेता मिथुन चक्रवर्तीको अभिनय रहेको फिल्म ‘डिस्को डान्सर’ मा बप्पी लाहिडीले गाएको हिट गीत ‘जिमी–जिमी’ मा लिप्सिङ गरेर सरकारको विरोध गरिरहेका छन् ।

कैयौं चिनियाँ एप टिकटक र अन्य सामाजिक सञ्जालमा मानिसहरुले लिप्सिङको भिडियो बनाएर लकडाउनको विरोध गरिरहेका छन् । बप्पीको लेखन र पावर्ती खानले गाएको यो हिट गीतलाई चीनमा मन्दारिनमा भर्सन गरिएको छ । जसमा मानिसहरु ‘जिए मि, जिए मि’ भन्दै गाइरहेका छन् ।

यसको चिनियाँ अर्थ ‘मलाई चामल देउ, मलाई चामल देउ’ हो । भिडियोमा मानिसहरु घर–घरमा खाली भाँडाकुडा देखाइरहेका छन् । लकडाउनका कारण मानिसहरुले अत्यावश्यक खानेकुराको जोहो गर्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा सरकारले देशका २०० बढी स्थानमा कडा लकडाउन लगाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *