राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना

 

काठमाडौं, १३ कार्तिक

राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले  गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी हुन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *