खोटाङको सोल्मा विपद व्यवस्थापन कोषको मुलधन चार लाख ६१ हजार

 

खोटाङ, १२ कात्तिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख नाघेको छ । २०७५ सालमा देउसी खेलेर जम्मा भएको ४२ हजार रुपैयाँबाट स्थापना गरिएको कोषको मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो । तीन लाख ५० हजार मुलधन रहेको कोषमा यसपल्ट खेलिएको देउसीबाट एक लाख ११ हजार ३२५ रुपैयाँ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो ।

प्राकृतिक तथा दैवी विपत्तीमा परेका वडाबासीको सहयोगार्थ सोल्मा विपद व्यवस्थापन कोष खडा गरिएको वडाध्यक्ष एबं कोष सञ्चालक समितिका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।

आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एबं मुटु, मिर्गौला, क्यान्सर जस्ता दिर्घरोगबाट पिडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ । देउसीको दानबाट सुरु गरिएको कोषलाई बृद्धि गर्दै ५० लाख पुर्‍याएर सो को व्याजबाट प्रकोप पिडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म प्राकृतिक तथा दैवी विपत्तीमा परेका अशक्तलाई एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ । यसपल्ट एक दिन खेलेको देउसीबाट कोषको मुलधन साढे चार लाख नाघेको हो । आगामी वर्ष दुई दिन देउसी कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता महसुस भएको वडाध्यक्ष एबं सञ्चालक समितिका अध्यक्ष राईले बताए ।

दुबै मिर्गौला फेल भएका स्थानीय राजकुमार राईलाई १० हजार, आगलागी पिडित कर्मबहादुर राईलाई ५ हजार र मिर्गौला रोगी ध्रुवबहिनी राईलाई ३ हजार प्रदान गर्दै विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *