विश्व इतिहासमा आज : जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए

 

आज अक्टोबर २५ ।

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः

सन् १९८३ मा ग्रिनडा अतिक्रमण

कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकी नेतृत्वको अतिक्रमण टोली अपरेसन अर्जेन्ट फरीले ग्रिनडामा हमला । अमेरिकी विजयसँग अतिक्रमण अन्त्य भएको थियो ।

राष्ट्रसंघमा युगान्डाको प्रवेश

सन् १९६२ मा युगान्डा राष्ट्रसंघको सदस्य बनेको थियो ।

अफ्रिकी मूलका पहिलो जनरल

सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए । क्रिमिया युद्धको समयमा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनबिरुद्धको युद्ध ब्याटल अफ बलाक्लाभा लडेका थिए ।

जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा

सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *