युवा व्यवसायी रहिश एक्लैले गरे सडकमा झिलिमिली र सांस्कृतिक उत्सव

 

भैरहवा, ७ कार्तिक

भैरहवाका स्थानीय युवा व्यवसायी रहिश खानले भैरहवामा सांस्कृतिक कार्यक्रम गरी नगरवासीलाई नचाएका छन् । हिन्दुहरूको महान् पर्व तिहारको अवसरमा भैरहवामा रौनकता ल्याउन, स्थानीयलाई  मनोरञ्जन दिनका लागि सडकमा एक्लै लगानीमा झिलिमिली गराई सांस्कृतिक कार्यक्रम गरेका हुन् ।

विगतमा विभिन्न संघसंस्थाले आयोजना गर्दै आएको तिहार महोत्सव कार्यक्रम यसवर्ष नहुने देखिएपछि आफ्नै व्यापारिक प्रतिष्ठान युनिक साउण्डमार्फत नगरस्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् । राष्ट्रिय कलाकार हेमन्त शर्मा, अफसर अलि तथा प्रतीक्षा बैण्डले सांस्कृतिक कार्यक्रममा मनोरञ्जन दिएका हुन् । उनले तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि करिब ५ लाखको लगानीमा आफैँ सांस्कृतिक कार्यक्रम र सडकमा झिलिमिली लगाएका हुन् ।

स्थानीय कलाकारको प्रस्फुटनलाई पनि स्टेजको अभाव खडकीरहेको बेला उनीहरूको र सम्पूर्ण भैरहवाको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको युनिक साउण्डका सञ्चालक खानले भने ।

विगत १५ वर्षदेखि भैरहवामा नै केन्द्रित भई साउण्ड र म्युजिकको व्यवसाय गर्दै आएका उनले यसअघि पनि तीज महोत्सव, नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । अहिले सातौँ पटक सांस्कृतिक कार्यक्रम एकल लगानीमा गरेको उनले बताए ।

केही भए पनि स्थानीयले मनोरञ्जन पाउँछन् र स्थानीय व्यापार भई आर्थिक चलायमान हुन्छ भन्ने आसले साँझ ६ बजेबाट राति १० बजेसम्म कार्यक्रम गरिने उनले बताए । उद्योग व्यापार संगठनले स्थानीय प्रशासनसँग समन्वय गरेर १० बजे सम्म समय पाएका छाैं सोही अवधिमा सडकमा कार्यक्रम गर्न लागेको हो ।

स्थानीय सरकार र संस्थाले गर्नुपर्ने काम एकल युवाले आफ्नै लगानीमा विना कसैको सहयोग गरेकोले आगामी दिनमा सहकार्य गरी यस्ता कार्यक्रम अझैँ भव्यताका साथ गर्नु पर्ने हुन्छ । स्थानीय कलाकारमा लुकेका प्रतिभाको प्रदर्शनका लागि स्टेजमा स्थानीय कलाकार प्रदर्शनमा जोड दिइएको र उनीहरूको विशेष प्रस्तुति रहने सञ्चालक खानले जानकारी दिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *