भक्तपुरमा टोटल केयर डेण्टल क्लिनिक सञ्चालनमा 

 

भक्तपुर ।

भक्तपुरको च्याम्हासिंह नविल बैंकसँंगै शनिबारदेखि टोटल केयर डेण्टल क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको शनिबार भक्तपुर घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष प्रेमकृष्ण खर्वुजाले रिवन काटेर उदघाटन गरेका छन् ।
सञ्चालक रमेश खाइजूले भक्तपुरमै निजी क्लिनिक भन्दा सस्तो दरमा दाँंत सम्वन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रारम्भ गरेको जानकारी गराए । उनले भविष्यमा भक्तपुर, काठमाडौंमा शाखाहरु विस्तार गर्दै डेण्टल अस्पतालसम्म सञ्चालनको योजनासाथ सेवा शुभारम्भ गरेको जनाए ।
क्लिनिकमा दाँंत तथा मुखको परीक्षण, दाँंतको एक्सरे, दाँंत सफा गर्ने, दाँंत निकाल्ने, दाँंत भर्ने, दुखेको दाँंतको जरैदेखि उपचार गर्ने, दाँंतमा खोल हाल्ने, कृतिम दाँंत राख्ने, वच्चाहरुको दाँंतको विशेष उपचार,  बांगोटिंगो दाँंत मिलाउने, गिजा रोगको उपचार तथा शल्यक्रिया, दाँंत टल्काउनेलगायतका सेवा रहने जनाइएको छ ।
क्लिनिककी अध्यक्ष शान्ति दुवालले निकट भविष्यमै भक्तपुरमै पहिलो पटक ओपीजी (३२ वटै दाँत देखिने गरी गरिने एक्सरे) सेवा सञ्चालन गर्ने योजना रहेको बताइन् । क्लिनिकमा विहान नौ बजेदेखि राति नौ बजेसम्म सेवा हुने जनाइएको छ । आकस्मिक सेवा भने २४ सै घण्टा रहने कार्यक्रममा जनाइयो । क्लिनिकमा नयाँं प्रविधिबाट उपचार हुने जनाइयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *