युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफले बताएका छन्

 

किभ, ३१ असोज

युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ  एन्ड्रिया यरमार्कले बताएका छन् । राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ’, उनले सामाजिक सञ्जालमा लेखका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान  साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएका थिए । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए । एउटा विस्फोट सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए ।

क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *