स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक

 

काठमाडौं, ३१ असोज ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको स्टिपलचेजमा कर्णाली प्रदेशका दुर्गा बहादुर बुुढाले स्वर्ण पदक जितेका छन् । सोमबार बिहान पोखरा रंगशालाको ट्र्याकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।

यस्तै, एपिएफ क्लबका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न त्रिभुवन आर्मी क्लबका सुवाष कार्कीले ९ मिनेट २२.१५ सेकेन्ड लगाएर कास्य जिते ।

भारतीय सेनामा आवद्ध दुर्गाले यसअघि भारतको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्रिएको भन्दै तीन विभागीय टिम र गण्डकी प्रदेशले उनीविरुद्ध प्रोटेस्ट पनि हालेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *