२५ र २६ कात्तिकमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

 

चितवन, ३१ असोज

‘मौलिक लोक संस्कृतिको पहिचान, नवप्रतिभाको प्रोत्साहन, स्रष्टालाई सम्मान’ भन्ने मूल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा चितवनसहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने लक्ष्य राखिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ुलक्कीुले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ५० भन्दा बढी विद्यालयको सहभागिता गराइने छ ।

२५ र २६ कात्तिकमा दुई दिन हुने कार्यक्रममा राष्टि«यस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहने कार्कीले बताए । प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताउँदै उनले सहभागी हुन चाहने विद्यालयले लक्की मिडिया हाउसमा सम्पर्क गर्न आग्रह गरे ।

लोक, मौलिक, कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत नेपाली लोक, मौलिक सस्कृति झल्किने खालको हुनुपर्ने छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *