परराष्ट्रमन्त्री र विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

 

काठमाडौं, २८ असोज

विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरेकी छन् ।

भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा उनीहरुबीच नेपालमा भइरहेको र हुनसक्ने स्वीस सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल भएको थियो ।

बैठकमा कोभिड–१९ पश्चात नेपालको आर्थिक पुनरुत्थान र अल्पविकसित राष्ट्रबाट स्तरोन्नती हुनका लागि आवश्यक पर्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *