विश्वमा आजः अमेरिकी राष्ट्रपतिको अहिलेको कार्यालय ह्वाइट हाउसको निर्माण कार्य सुरू

 

आज १३ अक्टोबर ।

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः

मौरीससका राष्ट्रपतिमाथि गोली प्रहार

सन् २०१२ मा मौरिससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार भएको थियो । सेनाले भूलवंश गोली चलाएको अनुसन्धानको क्रममा खुलेको थियो ।

 कोइला खानीमा पुरिएका व्यक्तिको ६९ दिनपछि उद्दार

सन् २०१० को ५ अगस्टमा चिलीको कोपिआपोकोमा १२१ वर्ष पुरानो तामा खानी भत्किदा ३३ जना मजदूर  खानीभित्र पुरिएका थिए । तीमध्ये ३२ जनाको तत्कालै उद्दार गरिएको थियो । तर, खानीभित्र फँसेका सान जोसको ६९ दिनपछि उद्दार गरिएको थियो ।

 ह्वाइट हाउस निर्माण सुरू

अमेरिकी राष्ट्रपतिको अहिलेको कार्यलय ह्वाइट हाउसको निर्माण कार्य सन् १७९२ मा सुरू भएको थियो । आइरल्यान्डका बस्तुकलाबिद जेम्स होबनले ह्वाईट हाउसको डिजाइन गरेका थिए । निर्माण सुरू गरेको ८ वर्षपछि सम्पन्न भएको ह्वाईटहाउसमा पहिलो पटक सन् १८०० को १ नोभेम्वरमा तत्कालिन राष्ट्रपति जोन एडम्स बसेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *