विश्व इतिहासमा आज : कोलम्बसले अमेरिका पत्ता लगाएका थिए

 

आज १२ अक्टोबर ।

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

गिनीको स्वतन्त्रता
सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो । गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो । तत्कालीन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो । सन् १९७२ मा नुमाले आफूलाई गिनीको आजिवन राष्ट्रपति घोषणा गरेका थिए ।

सोभियत युनियनका तीन वैज्ञानिकको अन्तरिक्ष यात्रा
सन् १९६४ मा सोभियत अन्तरिक्ष यान भोस्कोद १ मा पहिलो पटक तीन जना वैज्ञानिकले अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष उडानमा पहिलो पटक उनीहरू तीनै जनाले ‘स्पेस सुट’ लगाएका थिएनन् ।
 
निकिता ख्रुश्चेभद्वारा राष्ट्रसंघमा जुत्ता राखेर व्यंग्य
सन् १९६० मा राष्ट्रसंघको महासभाको वैठकको क्रममा सोभियत कम्युनिस्ट पार्टीका प्रथम सचिब निकिता ख्रुश्चेवलले जुत्ता खोलेर टेबुलमा राखेका थिए । एक फिलपिनी प्रतिनिधिमन्डलले पूर्वीयुरोपमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको टिप्प्णीको जवाफमा उनले जुत्ता फुकालेका थिए ।

कोलम्बसले टेके नयाँ देशमा पाइला
स्पेनबाट तीन ओटा जहाजमा क्रिस्टोफर कोलम्बसको नेतृत्वको कारिन्दाहरूको एउटा अन्बेषक टोलीले सन् १४९२ मा अहिलेको बाहमासमा पाइला टेकेका थिए  । कोलम्बसले अमेरिका पत्ता लगाएका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *