काठमाडौं, २५ असोज ।
१८ दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको छ ।
यस्तै, उनलाई छातीको निमोनियाको उपचारका लागि एन्टी बायोटिक पनि दिइरहेको अस्पतालले जनाएको छ । उनको अवस्था अझै पनि सामान्य भइनसकेका कारण अझै केही समय सघन कक्षमै राखेर उपचार गर्नु पर्ने अस्पतालको भनाइ छ ।