श्रीमती कुटनेलाई पक्राउ गर्न जाँदा लागुपदार्थसहित पक्राउ

 

धनुषा, २४ असोज

नेपाल प्रहरीले लागु पदार्थ नाइट्राजेपामसहित एकजनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–९ पिरारी चोक बस्ने ३८ वर्षीय जितेन्द्र साहलाई उनकै कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० एम्पुल  सहित  प्रहरीले पक्राउ गरेको हो ।

जितेन्द्रले आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी जाँदा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *