खोटाङमा जसपाबाट डा. राईको उम्मेदवारी दर्ता 

खोटाङ, २३ असोज

प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा जनता समाजवादी पार्टीका डा. कृष्णकुमार राई (केके राई) ले उम्मेदवारी दर्ता गरेका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।

आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि जसपाले राईलाई उम्मेदवारका रूपमा अघि सारेको हो ।

जनता समाजवादी पार्टीले प्रदेश सभा (क)मा राकेश राई र प्रदेश सभा (ख)मा प्रेमकुमार राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि खम्बूवान राष्ट्रिय मोर्चा नेपालले जय खिम्दुङलाई उठाएको छ । खम्बूवानले प्रदेश सभा (ख)मा एसके चाम्लिङलाई उम्मेदवार बनाएको छ । आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *