मनाङमा पूर्वमन्त्री टेकबहादुर गुरुङले गरे मनोनयन दर्ता

 

लमजुङ, २३ असोज

मनाङमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उनले कांग्रेस मनाङका नेता तथा कार्यकर्ताहरूसँगै गएर मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा मनाङभरका कांग्रेसका नेता तथा कार्यकर्ताको भीड थियो । उनले मनोनयन दर्ता गर्दै आफूले जिल्लाका लागि काम गर्दै आएको र आगामी दिनमा पनि जिल्लाको समग्र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनमा सहयोग गर्न अपिलसमेत गरेका छन् । प्रदेश सभा ‘क’ मा मुनेन्द्र गुरुङले पनि मनोनयन दर्ता गराएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *