कैलालीको भजनीका विभिन्न वडामा बाढी, ५ सय बढी मानिस विस्थापित

 

धनगढी, २२ असोज

असोज २० गते देखि भइरहेको अबिरल बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका वस्तिमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस विस्थापित भएका उनले बताए ।

जोशीका अनुसार भजनी–२ स्थित पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका कम्तिमा १ सय २५ घरमा काँडा नदीको बाढी पसेको छ । बस्तिमा बाढी पसेपछि त्यहाँका नागरिक स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा बसेका छन् ।

यसैगरी भजनी– ७ को शिविर टोलमा कान्द्रा नदीको बाढी पस्दा करिव ४० घर डुवानमा परेका छन् । तर त्यहाँका नागरिक भने हाल सम्म विस्थापित नभएका जोशीले बताए ।

यसैगरी भजनी–८ स्थित खल्ला टोलमा पथरिया नदीको बाढी पस्दा कम्तिमा ८० घर डुबानमा परेका छन् । ती क्षेत्रका नागरिक  हुलाकी सडकमा त्रिपाल गाडेर बसिरहेका जोशीले बताए । यसैगरी वडा नम्बर– ३ मा आकासे पानी जमेर कम्तिमा ८० घर डुवानमा परेका छन् । सो क्षेत्रमा नागरिक पनि अहिले हुलाकी सडक खण्डमा त्रिपाल टाँगेर बसिरहेका प्रबक्ता जोशीले बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *