सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट 

 

काठमाडौं, २२ असोज ।

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो ।

भेटमा सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए । सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना पनि व्यक्त गरे ।

बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *