महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट 

 

भक्तपुर, २२ असाेज ।

भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो ।

यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठकाे पनि यस क्षेत्रमा दाबी थियो । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हो । पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । तर, एमालेका मेयर बासुदेव थापा कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेललाई झिनो मतान्तरणले पराजित गरी विजयी भएका थिए ।

यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ । तर, नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवार हुने निश्चित छ । यस हिसाबले राष्टिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ ।

यसअघिकाे प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मताअन्तरले जितेका थिए । उक्त बेला कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । त्यसबेला टुरिष्ट उम्मेदबार उठाएको भन्दै कांग्रेसभित्रै ठूलो आलोचना भएको थियो ।

यसअघि सता गठबन्धनले भक्तपुरमा सिट बाँंडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । सोही अनुसार कांग्रेसले जिल्ला सभापति थापालाई टिकट दिएको हो ।

क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको थियो । सत्ता गठबन्धनको सिट बाँंडफाँटमा प्रदेश सभा १ क, १ ख, २ क कांग्रेसको भागमा परेको छ भने २ ख एकीकृत समाजवादीको भागमा परेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *