खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन्

 

धनगढी, २१ असोज

खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन् ।

उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *