सिरहा–२ वाट गायक संगितकार मुरलीधर राप्रपाका उम्मेदवार

 

सिरहा, २१ असोज

राष्टिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगमी निर्वाचनका लागि पार्टीका तर्फवाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।

मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङदेन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका‌ ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । उनी गायक तथा संगितकार पनि हुन ।

‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’ जस्ता दर्जनौं चर्चित गीतमा उनले स्वर भरेका मुरलीधरले सिरहा–२ मा एकल उम्मेदवार घोषणा गर्ने पहिलो ब्यक्ति हुन । उनी चुनावी मैदानमा आएसँगै कांग्रेस, एमाले र मधेस केन्द्रित नेताहरुले चासोको रुपमा हेरेका छन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *