मुहानमा पहिरो जाँदा वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति बन्द भएको छ

 

 

काठमाडौं, असोज २१ गते ।

मुहानमा पहिरो गएका कारण सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति ठप्प भएको छ । खरिखोला, झुप्प्राखोला र बोरीखोलाको

मुहानमा पहिरो गएका कारण खानेपानी आपूर्ति बन्द भएको हो । कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

हुँदा जनजीवन कष्टकर बनेको छ । सुर्खेत उपत्यका खानेपानी वितरण संस्थाले खानेपानी आपूर्ति पूर्ण रुपमा बन्द भएको जानकारी दिएको

छ । पहिरोका कारण खानेपानी वितरण प्रणालीमा लेदो पसेका कारण खानेपानी आपूर्ति नियमित गर्न केही दिन लाग्ने बताइएको छ । वर्षा

नरोकिएसम्म मर्मत सम्भारको काम गर्न पनि कठिन भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *