बाढी र पहिरोका कारण प्युठानका अधिकांश सडक अवरुद्ध भएका छन्

 

 

काठमाडौं, असोज २१ गते ।

अबिरल वर्षाका कारण प्युठानका अधिकांश स्थानमा सडक अवरुद्ध भएका छन् । लगातार वर्षाका कारण प्युठानका विभिन्न स्थानमा बाढी

पहिरो गएको छ । प्युठान भालुवाङ सडक खण्डका विभिन्न स्थानमा बाढी पहिरो गएका छन् । खहरे खोला, सिमलचौर, चेरनेटा लगायतका

ठाउँहरुमा बाढी पहिरो गएका छन् । जिल्ला प्रहरी कार्यालयले उक्त जानकारी गराएको हो । साना ठूलो सबै सडक अबरुद्ध भएका छन् ।

जिल्लाको देविस्थान, मुर्कुटी, चुजाठाँटी लगायतमा पहिरो गएको छ । ती स्थानमा बिहानैदेखि सडक अबररुद्ध भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *