भेरी नदीमा पानीको बहावले खतराको तह नाघ्यो, सतर्क रहन अपिल

 

काठमाडौं, असोज २१ गते ।

अबिरल वर्षाका कारण भेरी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीमा आएको बाढीले

पानीको सतह बढेको हो । तटीय क्षेत्रमा रहेका नागरिकलाई प्रशासनले पटक–पटक सतर्क रहनको लागि अपिल गरिरहेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन पुनः अपिल गरिसकेको

जनाइएको छ । जाजरकोट देखि विभिन्न स्थानमा बाढी पहिरो गएको कारण भेरी नदीमा बाढी आएको हो । भेरी नदीमा ५.५ मिटर बाढीको

सतह पुगेको छ । खतराको बिन्दू ५ मिटर हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *