काठमाडौं, असोज २१ गते ।
अबिरल वर्षाका कारण आएको पहिरोले रुकुम पश्चिममा एक घर पुरिएको छ । घरका चौपाया मरेका छन् । रुकुम पश्चिमको त्रिवेणी
गाउँपालिकाको बाँठाकोटमा पहिरो आउँदा उक्त क्षति भएको हो । स्थानीय पदम बहादुर घर्तीको पहिरोले घर पुरिएको हो । प्रहरीका अनुसार
उनको दुई तले घर पूर्ण रुपमा क्षति भएको छ । परिवारको लत्ताकपडा र खाद्यान्नमा पनि क्षति पुगेको छ । घरमा बाँधेर राखेको बाख्रा
पुरिएको छ । त्यसैगरी पन्ध्रवटा कुखुरा पुरिएका छन् । पीडितको पाँच जनाको परिवार आफन्तकोमा शरण लिएर बसेका छन् ।