काठमाडौं, असोज २१ गते ।
अबिरल वर्षाका कारण आएको पहिरोले ट्रान्स्फर्मरलाई क्षति गरेपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ । तम्घासको पुतलीबजारमा
रहेको ३३ केभी प्रसारण लाइनको ट्रान्स्फर्मरमा पहिरोले क्षति गरेको हो । पहिरोले ट्रान्सफर्मरलाई ठूलो क्षति गरेको नेपाल विद्युत
प्राधिकरण गुल्मी वितरण केन्द्रले जानकारी गराएको छ । लगातार वर्षाको कारण मर्मत सम्भार गर्न कठिन भएको छ । पानी पर्न रोकिएसँगै
र्ममत सम्हार गरिने प्राधिकरणले बताएको छ ।