पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज विजया दशमी टीकाको उत्तम साइत ११ः५१ बजे

 

 

काठमाडौं, असोज १९ गते ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज विजया दशमीको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको छ । वडा दशैँको आज मुख्य दिन हो । मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइन्छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार सर्बसाधारणका लागि टीकाको साइत कुर्नु अनिवार्य नभएपनि राज्य सञ्चलकहरुका लागि भने अनिवार्य छ । राज्य सञ्चालकहरुले शुभ साइतमा टिका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेको बताइएको छ । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने अधिकारीको भनाई रहको छ । घटस्थापनाको दिन दशैँघर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरेर टीका लगाइन्छ । टीका लगाउने पूर्वतर्फ फर्कनु पर्नेछ । त्यसैगरी टीका लगाई माग्ने पश्चिम फर्किनु पर्नेछ । दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाएर हर्षोल्लासका साथ दशैँ मनाइन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *