जन उपभोक्ता मञ्चको शुभकामना सन्देश सहित सार्वजनिक अनुरोध ।

 

 

काठमाडौं, असोज १८ गते ।

जन उपभोक्ता मञ्चले शुभकामना सन्देश सहित सार्वजनिक अनुरोध गरेको छ । दशैँको अवसरका शुभकामना सन्देश दिँदै उपभोक्ताहरु

ठगिने विषयलाई पनि उठाइएको छ । दशैँ, तिहारमा उपभोक्ताहरु ठगिने गरेका छन् ।

सर्बसाधारण उपभोक्ताहरु ठगी र कालोबजारीबाट आहात हुनबाट रोक्न सरोकारवाला निकायहरुलाई खबरदारी समेत गरिएको छ । उपभोक्ताहरुलाई सर्बसुलभ र सहज रुपमा खाद्यवस्तु

लगायतका सामानहरु उपलब्ध गराउन राज्यका संरचनाहरु पूर्ण रुपमा क्रियाशील हुनु पर्ने बताइएको छ ।

मञ्जका अध्यक्ष ईश्वर रिजाल र महासचिव गोकर्ण बहादुर कुँवरद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा उक्त विषय उठान गरिएको छ । मुख्य चाडपर्वको अवसरमा विभिन्न अवान्छित गतिविधि हुन सक्ने भय हुन्छ ।

उपभोक्ताहरुले आफ्नो गच्छे अनुसार खाद्यवस्तु र लत्ताकपडा खरिद गर्ने बेला हो यो । गुण्डगर्दी, हुलहुज्त जस्ता गतिविधि हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । कुनै पनि अवस्थामा उपभोक्ताहरु ठगिन नहुनेमा मञ्चले आवाज उठाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *