राष्ट्रपतिद्वारा महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पुजाआजा र दर्शन

 

 

काठमाडौं, असोज १७ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पुजाआजा गर्नु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको

पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोक भगवतीको मन्दिरमा दर्शन एवं पुजा गर्नु भएको हो । राष्ट्रप्रमुखबाट महाअष्टमीको दिन उक्त

मन्दिरमा पुजाआजा गर्ने प्रचलन रहेको छ । उहाँ नेपाली सेनाको हेलिकप्टर चढेर उक्त मन्दिर पुग्नु भएको हो । बिहान १० बजे मन्दिर पुग्नु

भएकी भण्डारीले करिब १५ मिनेट पुजाआजा र दर्शन गर्नु भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *