अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गयाे

 

 

असाेज १६, अर्घाखाँची

अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ । दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानियले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गर्नासाथ नेपालीलाई उपचारकाे लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएकाे छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घाेषणाकाे लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएकाे छ ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक हाेमनाथ रेग्मीले बताए । “यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घाेषणा नगरेसम्म मृत भन्न मिल्दैन” रेग्मीले भने “तर उहाँ जिवित भने हुनुहुन्न ।” नेपालीकाे परिवारमा आमा, श्रीमती र दुई छाेरी छन् । श्रीमती भने राेजगारीकाे क्रममा भारतमा रहेकी छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *