आजको राशिफल : वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)  यात्राको लागि अवसर आउन सक्छ, धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ ।

 

आजको पात्रो:

१६ असोज २०७९, आइतबार । तद्नुसार अक्टोबर महिनाको २ तारिक २०२२ । आश्विन शुक्लपक्ष सप्तमी अर्थात् आज बडा दशैंको सातौं दिन हो । आज घटस्थापना गरिएको पूजाघरमा आज फूल्पाती भित्र्याउने गरिन्छ । काठमाडौंको बसन्तपुरमा रहेको दशैं घरमा गोरखाबाट ल्याइएको फुल्पाती भित्र्याउने गरिन्छ । आज कालरात्री देवीको पूजा आरधना गर्ने दिन हो । आजको दिन साँझको समयमा दशैं घरमा फूल्पाती भित्र्याउने चलन रहेको छ । आज विहान सूर्योदय ०५ः५७ मा र सूर्यास्त ५ः४९ मा हुनेछ । आज गर करण, मूल नक्षत्र, सौभाग्य योग र चन्द्रमा धनु राशिमा रहेको छ । आजको देवता ब्रम्हा र ग्रहदेव शुक्र रहेको छ । आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आइतबारलाई आदित्य अर्थात् सूर्यबार पनि भनिन्छ ।

फूलपाती भित्र्याउदा नौं प्रकारका फूलको प्रयोग हुने गर्दछ । केरा, दारिम, धानको बोट, हरिन्द्रा मानकको बोट, कचु, विल्व बेल र अशोक जयन्ती फूलको आवश्यकता पर्दछ । यि फूलहरु उपलब्ध नभएमा सूपारी राखेर पनि पूजा गर्ने धार्मिक मान्यता रहेको छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

ब्यापार ब्यवसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्र मण्डमलीबाट साथ सहयोग हुनेछ । विहानको उदाँउदो सूर्यको र देवालयको दर्शन  गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसििद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

यात्राको लागि अवसर आउन सक्छ ।  धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोच अनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ ।  आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुन सक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्न सक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोच अनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशि भएका जातकको  दाम्पत्य जीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोच अनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको  दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम  नगर्नुहोला ।  पनि विवाद हुने काम बाट टाडा रहनुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाइको आजको दिन ब्यापार ब्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । कसैलाई पनि मनमुटाव हुने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुभकार्य गर्न सक्नुहुनेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले हरेक साताको आइतबार विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ । गृहस्थ कार्यहरु गर्नुहोला ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *