पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

 

एजेन्सी
तेहरान, १५ असोज

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचेस्तानमा भएको भीषण लडाइमा रिभोलुसनरी गार्डका कर्नेलसहित १९ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँगको सीमामा भएको हमलामा उनीहको मृत्यु भएको जनाइएको छ ।

यस महिनाको सुरुमा नैतिकता प्रहरी हिरासतमा कुर्दिश महिला महसा अमिनीको मृत्यु भएपछि इरानमा फैलिएको अशान्तिको लहरसँग उक्त झडप आबद्ध छ वा छैन भन्ने बारेमा केही खुलाइएको छैन् ।

‘आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्’ क्षेत्रीय गभर्नर होसेन खियाबानीले बताए । यसअघि शुक्रबार सरकारी सञ्चार माध्यमहरुले प्रान्तीय राजधानी जाहेदानको एक प्रहरी चौकीमा बन्दुकधारीले आक्रमण गर्दा सुरक्षा बलले जवाफी फायरिङ गरेको जनाएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *