दशैँमा हुन सक्ने आपराधिक घटनालाई न्यूनिकरण गर्न प्रहरीले तालिम प्राप्त कुकुर परिचालन

 

सुर्खेत

दशैँमा हुन सक्ने आपराधिक घटनालाई न्यूनिकरण गर्नका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । प्रदेश राजधानि समेत रहेको सुर्खेतमा तालिम प्राप्त कुकुरहरु परिचालन गरिएको हो ।

त्यस्तै कर्णालीका १० जिल्लामा ४ हजार १४१ प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जाजरकोटमा राती १० बजे पछि यातायातका साधनहरु सञ्चालनमा रोक लगाएको छ । भेरी करिडोरमा दुर्घटनाको संख्या बढेपछि यस रुटमा चल्ने यातायातका साधनहरु रात्रीकालिन समयमा बन्द गरिएको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आपराधिक क्रियाकलाप बढी हुने गरेका छन् भने लागूऔषध कारोबार पनि धेरै हुने गरेको प्रहरीको निष्कर्ष छ । सोही कुरालाई विचार गरेर एउटा लागू औषध सम्बन्धी र एउटा विस्फोटक पदार्थ, हातहतियारसम्बन्धी चेकजाँच गर्ने कुकुर ल्याइएको छ । कर्णालीको प्रवेशद्वार भनेको बबई, छिन्चु रहेकाले त्यहाँ बिशेष सुरक्षा व्यवस्था लागू गरिएको प्रहरीले बताएको छ ।

चाडपर्वको समयमा कुनै हातहतियारहरू, विस्फोटक पदार्थ र लागूऔषध कारोबार हुन्छ कि भनेर पूर्व तयारी स्वरुप कुकुर परिचालन गरिएको छ । शुक्रबार छिन्चु कोहलपुर–सुर्खेत वीरेन्द्रनगर, सल्यान, जाजरकोट जाने सवारी साधनको चेकजाँच गरिएको थियो भने शनिबार राजधानी वीरेन्द्रनगरमा कुकुर ल्याइएको (डिआइजी) प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

सुर्खेत बाहेक अन्य जिल्लामा कुकुर परिचालन गरिने छैन । अन्य जिल्लाहरूमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि प्रहरी परिचालन गरिएको छ । दसैँको समयमा कसैले हातहतियारहरू, विस्फोटक पदार्थहरू ओसारपसार हुन सक्छ कि भनेर कुकुर परिचालन गरिएको पोखरेलले बताए  । भेरी करिडोरको मुख्य नाका सुर्खेत र जाजरकोट रहेको छ । त्यस्तै कर्णाली राजमार्ग समेत सुर्खेबाट दैलेख , कालिकोट हुँदै जुम्ला छुदै मुगु पुग्ने गर्दछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *