सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

 

भक्तपुर, १४ असोज

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको ख्वप फुटसल टुर्नामेन्ट २०७९ बिहीबार सकिएको छ ।

प्रतियोगिताको  छात्रतर्फ बीबीएस चौथौ वर्ष र छात्रातर्फ बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम हुन सफल भएका छन् । खेलमा बीबीएस तेश्रो वर्ष सीलाई हराई बीबीएस चौथो वर्ष छात्रतर्फ प्रथम र बीबीएस तेश्रो वर्ष वीलाई हराउँंदै बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम भएको हो ।

प्रतियोगिताका विजयी टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकायमा अध्ययनतर स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी रहेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *