तुषार कालियाले जिते खतरों के खिलाडी

 

एजेन्सी
मुम्बई, १० असोज
तुषार कालियाले सबै प्रतिष्पर्धीर्लाइ पछि पार्दै भारतीय चर्चित रियालिटी शो

‘खतरों के खिलाडी’ सिजन १२ को उपाधि जितेका छन् । ग्राण्ड फिनालेको फाइनल स्टन्टमा तुषारले उत्कृष्ट प्रदर्शन गरेका थिए । शो जितेसँगै उनले ट्रफी, २० लाख रुपैंयाँ र एक कार पोल्टामा पारे ।

सामाजिक सञ्जाल स्टार फैसल शेख उर्फ मिस्टर फैजू फस्ट रनर अप बने । मोहित मलिक पनि ग्राण्ड फिनाले राउण्डसम्म पुगे । टेलिभिजन अभिनेत्री जन्नत जुबैर समय बढी लिएको कारण सेमीफाइनल राउण्डमै पराजित भइन् । शोको सञ्चालन रोहित शेट्टीले गरेका थिए ।

फिनालेमा बलिउड अभिनेता रणवीर सिंह, वरुण शर्मा पनि अतिथीका रुपमा सहभागी थिए । शोको फिनालेको उत्कृष्ट ५ मा तुषार कालिया, जन्नत जुबैर, फैजल शेख, मोहित मलिक, रुबिना दिलैक र कनिका मन रहेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *