राजविराज नगरपालिकाको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु

 

सप्तरी, ७ असोज

राजविराज नगरपालिकाको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु राजविराज नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको छ ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गरेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान सुरु गरेको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् ।उनले भनिन्, जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौ ।

 फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले एक महिना देखि सार्वजनिक सूचना जारी गरी माइकिङ समेत गरे पनि अटेर गरेपछि हटाउन सुरु गरिएको हो ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन स्थानीय युवाले सहयोग गरेका छन् । पैदलयात्रीले सहजरूपमा फुटपाथमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान सुरु गरेको उनको भनाई रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *