किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन 

 

खोटाङ, ६ असोज

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई (युगसन किरात) चयन भएका छन् । जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार राति सम्पन्न यायोक्खाको नवौं सम्मेलनबाट युगसन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि यायोक्खाको सचिव थिए ।

यायोक्खाको उपाध्यक्षमा इन्द्रकुमार राई र रेखा राई, सचिवमा जीवन साम्पाङ राई, सहसचिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगीता राई र सहकोषाध्यक्षमा डार्विन राई चयन भएका छन् ।

 सदस्यमा जयन्ती राई, सेतुमान राई, राजहरि राई, लंकशेर राई, नरेशकुमार राई, समिता राई, रामदीप राई, किसनकुमार राई र सौरभ राई चयन भएको यायोक्खाले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *