इरानमा हिजाब जलाएर महिलाहरुले गरेको सरकारविरुद्ध प्रदर्शन

एजेन्सी
तेहरान, ५ असोज

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा बढ्दो विरोध प्रदर्शनमा महिला प्रदर्शनकारीहरू अग्रपंक्तिमा छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच विभन्न स्थानमा झडप भएको छ ।

लगातार पाँच रातसम्म देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

 तीन दिन कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो  । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि महिलाहरूले हिजाब वा हेडकार्फसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाइएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *