माओवादी केन्द्र बुझायो उम्मेदवारको बन्दसूची

काठमाडौं, ३ असोज

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

सोहीअनुसार माओवादी केन्द्रले सोमबार आफ्ना समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो । महासचिव देव गुरुङसहितका माओवादी नेताहरु सोमबार अपरान्ह कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *