माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो एजीएम

 

काठमाडौं, ३ असोज

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित ९ असोजमा नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको १२ भदौमा बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभाबाट आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेन्डा रहेको कम्पनीले जानकारी गराएको छ । साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सानसम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *