तनहुँको म्याग्दे गाउँपालिका स्थित कृषकलाई मौरी घार वितरण गर्दै

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित कृषकलाई मौरी घार वितरण गर्दै कृषि ज्ञान केन्द्रकी प्रमुख कुलप्रसाद तिवारी । केन्द्रले ४६ कृषकलाई ९० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ

बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा हँसिया जप्दै आरन व्यवसायी । युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »

घोराही सिस्नेरीका स्थानीय किसान गोरु र हलोको सहायताले मकै छर्दै

घोराही उपमहानगरपालिका-१२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै । कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायलाई बाख्रा वितरण

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पु¥याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृद्धि... Read more »

चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

  चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु... Read more »

तिलोत्तमा नगरपालिकामा कार्यरत  स्वास्थ्यकर्मीले पाँच महिनादेखि तबल पाएनन्

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर... Read more »

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

बेनी, १० जेठ (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब... Read more »

सुन्तला खेतीलाई प्रोत्साहन गर्न गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा

सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन... Read more »

बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै

सुर्खेत वीरेन्द्रनगर–१० स्थित रहरपुरमा ४० वर्षदेखि कृषि पेसा गर्दै आएका बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै । तस्बिरः सुरेश आचार्य/रासस Read more »

बागलुङ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक

बागलुङ बजारको चिप्लेटी बसपार्कदेखि बागलुङ नगरपालिका–३ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक । गर्मी सुरु भएसँगै साँझा पख उक्त पुलमा भीड लाग्ने गर्छन् । तस्बिर : खेमराज गौतम/रासस Read more »