मनिला
फिलिपिन्समा कोभिडबाट दुई हजार १ सय जना संक्रमित भएका छन् । योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ ।
अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्युभएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार संक्रमित फेला परेका थिए ।
तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । फिलिपिन्समा अहिलेसम्म ७२ दशमलब ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूूर्ण खोप लगाएका छन् ।