काठमाडौं, भदौ २५ गते ।
शुक्रबारदेखि आएको अबिरल वर्षाका कारण दार्चुलामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । महाकाली नगरपालिका र नौगाड
गाउ्रँपालिकामा आएको बाढी पहिरोका कारण ५ जनाको मृत्यु भएको छ । त्यसैगरी १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका
प्रहरी निरीक्षक जगत मगरका अनुसार उक्त दुई पालिकामा ६० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जम्मा ९१ घरमा क्षति पुगेको
छ । त्यसमध्ये ४२ घर पूर्ण रुपमा क्षति भएका छन् । ९ वटा घरमा आशिंक क्षति भएको छ । ४० घर उच्च जोखिममा रहेका छन् ।