अंगोलामा भेटियो दुलर्भ हिरा

 

एजेन्सी
अंगोला, ११ साउन
अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ । देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको छ ।

लुलोमा फेला परेको  गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिजमन्त्रीले बताएका छन् । हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा (संभवत) बेचिनेछ । यसअघि ५९ दशमलब ६ क्यारेटको पिंक स्टार सन् २०१७ मा हङकङको लिलामीमा ७१ दशमलब २ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो । यो अहिलेसम्म बेचेको सबैभन्दा महँगो हिरा हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *