एमालेद्वारा माधव नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासन, थप १२ जनालाई स्पष्टीकरण सोध्ने ।

 


काठमाडौं, जेष्ठ १० गते ।

नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको स्थायी समिति बैठकले उक्त कारबाहीको निर्णय गरेको हो । थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । कारबाही गरिएकामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा निष्कासन गरेको हो । पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दीपकप्रसाद भट्ट र नारायण खतिवडालाई स्पष्टीकारण सोध्ने भएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *