कुलतबाट आफ्नो परिवारका सदस्यलाई बचाउन अभिभावकहरु बढी जिम्मेवार हुनुपर्ने ।

 

काठमाडौँ, चैत्र १५ गते ।

जसरी शरीरका कुनै पनि अङ्गका काम कारबाही र बनावटमा गडबडी हुनाले शारीरिक रोग पैदा हुन्छ, त्यसरी नै मष्तिष्कमा पनि धेरै रोगहरु हुन सक्छन् । जसरी शारीरिक रोग चाहेर हुने होइन, मानसिक रोगपनि धेरै जसो नियन्त्रण बाहिर हुन्छ । कतिपय मनोरोगहरुमा आफँैलाई हानी गर्नेे, हत्या गर्ने सम्मका आशय, विचार वा आवेग उत्पन्न भई आत्महत्याको प्रयास हुनसक्छ र कतिपयले ज्यानसमेत गुमाउने गर्छन् । हरेक ३ सेकेन्ड यस संसारमा एक आत्महत्याको प्रयास हुन्छ । हरेक ४० सेकेण्डमा एक मृत्यु हुन्छ । मृत्युका १० प्रमुख कारणहरुमा आत्महत्याले सातौ स्थान ओगटेको छ तर पन्ध्र्र देखि चौविस वर्ष समुहमा त तेस्रो स्थान ओगट्छ । आत्महत्याको माध्यमले जीवन समाप्त पार्ने ७१ प्रतिशत उत्पादनशील उमेर समुहका अर्थात १८ देखि ४० वर्षका पर्छन् । व्यक्ति, परिवार, समाज र सिङ्गो विश्वलाई नै अपुरणीय क्षति पु¥याई रहेको यस्तो गम्भीर समस्या कम गर्न तपाई हामी सबैले आ–आफ्नो भुमिका निभाउनु पर्ने देखिन्छ । यस लेखमा व्यक्ति, परिवार, समाज र राष्ट्रीयस्तरमा सबैले निभाउन सक्ने भूमिकालाई चर्चा गरिन्छ । यदि तपाई आफूलाई हानी गर्ने, ज्यान लिने, लागुपदार्थको स्वाद लिने सोचमा हुनुहुन्छ भने तपाईलाई सघाउन सक्ने अनुभव भएका व्यक्तिहरुसँग कुरा गर्नुस् ।

जस्तै विद्यालयमा शिक्षक, परामर्शदाता, पारिवारिक चिकित्सक, धार्मिक वा सामाजिक अगुवा मनोचिकित्सक, मनोवैज्ञानिक, सामुदायिक मानसिक स्वास्थ्य कार्यकर्ता, टेलिफोन सेवा । तपाईलाई धेरै तनाव भयो भने यी क्रियाकलाप गर्न सकिन्छ । विस्तारै लामो सास लिने र छाड्ने ,न्यानो पानीले जीउ नुहाउने तर चिसो पानीले टाउको नुहाउने, मनपर्ने खानेकुरा खाने, त्यस्तै मनपर्ने ठाउँमा जाने, टेलिभिजनमा कार्यक्रम हेर्ने, त्यस्तै मनपर्ने गीत सुन्ने, केही पढ्ने वा लेख्ने, आफ्ना मन मिल्ने साथीसँग वा क्राइसिस हटलाइनमा कुरा गर्ने । तनावको बेला लागूपदार्थ वा रक्सीको सेवन गर्नु हुँदैन । नसाले क्षणिक आनन्द त दिन्छ तर नसा उत्रिएपछि तनाव झन बढ्छ । लागुपदार्थले शारीरिक साथै मानसिक समस्या बढाउँछ । मनोवैज्ञानिकहरुका अनुसार अध्यारो खतम भएर उज्यालो दिन आए झै व्यक्तिको जीवनमा पनि अवस्य उज्यालो आउँछ । यसका लागि धैर्य गर्नु आवश्यक हुन्छ । आफू स्वस्थ्य रहुन पहिलो प्राथमिकता हो । व्यक्ति परिवार, समाज र राज्यको संयुक्त प्रयासले पक्कैपनि आत्महत्या हुनबाट बचाउँछ । कुलतबाट आफ्नो परिवारका सदस्यहरुलाई बचाउन अभिभावकहरु नै बढी जिम्मेवार हुनुपर्छ । पारिवारिक वातावरण उपयुक्त भएको खण्डमा परिवारका सदस्यहरु कुलतमा फस्ने सम्भावना कम हुन्छ । आत्महत्या भनेको असामान्य क्रियाकलापको अन्तिम बिन्दु हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *