भण्डारखाल पर्वपछि जङ्गबहादुरले राजा राजेन्द्र र रानी राज्यलक्ष्मीलाई देश निकाला गरे ।

 


काठमाडौं, फागुन १४ गते ।

पृथ्वीनारायण शाहको मृत्युपछि छोरा प्रतापसिंह शाह राजा भए । उनको अल्पायुमा मृत्यु भएपछि उनको छोरा रणबहादुर शाह तीन वर्षको उमेरमा राजा भए । माथवरसिंह थापाको हत्यापछि फत्तेजङ चौतरीया प्रधानमन्त्री भए । रानी राज्यलक्ष्मीका प्रिय पात्र गगनसिंहको हत्यारा पत्ता लगाउने निहुँमा कोतमा भेला भएका अधिकांश भारदारहरुको हत्या भयो । कोत पर्वपछि जङ्गबहादुर राणा प्रधानमन्त्री र सेनापति भए । भण्डारखाल पर्वपछि जङ्गबहादुरले राजा राजेन्द्र र रानी राज्यलक्ष्मीलाई देश निकाला गरे । अलौ पर्वबाट जङ्गबहादुरले राजा राजेन्द्रलाई विस्थापित गरी सुरेन्द्रलाई राजा बनाए ।

राजा सुरेन्द्रले जङ्गबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी दिए । जङ्गबहादुर सत्तामा पुगेदेखि नै उनलाई सत्ताच्युत गर्ने षड्यन्त्र सुरु भयो । उनको मृत्यु पश्चात् भाई धीरशमशेरका छोराहरु शक्तिशाली भए । चन्द्रशमशेर राणाले राणाहरुलाई ए, बी र सी समुहमा वर्गीकरण गरेपछि बी र सी समूहका राणाहरु क्रुद्ध बने । जुद्ध शमशेरले सी समूहका राणाहरुलाई देश निकाला गरे । चर्खा प्रचार अभियान, प्रचण्ड गोखा, महावीर स्कुल, पुस्तकालय पर्व, प्रजा परिषद्, जयतु संस्कृतम् र त्रिभुवनको भारतमा शरणका कारण राणा शासनको अन्त्य भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *