–रमेश खड्का
बहुधर्म, बहुजाति, बहुसंस्कृति तथा बहुराष्ट्रियताहरु समाहित भएर बनेको हाम्रो मुलुक कुनै एकको वर्चस्वले वा यिनीहरु मध्य कुनैपनि अतिवादले मुलुक बन्दैन । हाम्रो पुरानो विचार र दृष्टिकोणको अन्त्य हुनुपर्छ । चिन्तन उच्च समाजवादी हुनुपर्छ । त्यसैले, शासकले बुद्वि पु¥याएर देशको हितमा व्यवहारिक निर्णय लिनुपर्छ । हाम्रो जस्तो देशमा शासक धर्म निरपेक्ष नै हुनुपर्छ । सबै धर्महरुलाई समान दृष्टिकोणले व्यवहार गर्ने । प्रधानमन्त्रीले भारत जाँदा रुद्राक्षको माला लिएर जानु भो, त्यो व्यवसायिक दृष्टिकोणले ठिक छ । पुजा गर्नु भयो त्योे पनि त्यो देशको शासकको मनोबिज्ञान अनुरुपः ठीक हो ।
प्रधानमन्त्री त्यहाँ झगडा गर्न जानु भाको हैन । कुटनीतिक हिसावले हाम्रो देशको परिस्थिति अनुसार सम्बन्ध विस्तार गरेर व्यवसायिक सम्झौता गर्न जानु भएको हो । केही पार्टीका महानुभावहरुले अनावस्यक पूर्वाग्रही र ढोँगी राष्ट्रवाद नदेखाउँदा ठीक । त्यहाँ कुनै मेची महाकाली सन्धि गरेर कमिसन कुम्ल्याउने उद्देस्य जस्तो भारत भ्रमण देखिँदैन । भारत भ्रमण देशको हितमा छ । कृपया ! म उहाँको पार्टीको कार्यकर्ता हैन । तर, सत्यको र सही कामको समर्थन गर्ने संस्कारको विकास भएको छ । म यसलाई समृद्धि ठान्छु । व्यक्तिगत धारणा ।
(श्रोत : रमेश खड्काको फेसबुक वालबाट साभार ।)