प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । “आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ,” एक अधिकारीले बताएका छन् । पछिल्ला केही वर्षमा भारत र फ्रान्सबीचको सम्बन्ध घनिष्ट हुँदै आएको छ । दुई नेता बीच वार्ताको क्रममा इन्डो-फ्रान्सेली रणनीतिक साझेदारीका सबै पक्षहरू, आतङ्कवाद प्रतिरोध सहयोग, साइबर सुरक्षा, अन्तरिक्ष नीति, युक्रेन द्वन्द्व लगायतका महत्त्वपूर्ण विश्वव्यापी र क्षेत्रीय चुनौतीहरू एवं इन्डो-प्यासिफिक क्षेत्रमा सम्भावित सहयोगलगायतका विषयमा छलफल हुनेछ। वर्षको पहिलो द्विपक्षीय भ्रमणको रूपमा, भारत र फ्रान्स बीचको वार्ताको उद्देश्य भारत-फ्रान्सेली रणनीतिक साझेदारीको थप विस्तारको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले यो वर्ष २५ औं वार्षिकोत्सव पनि मनाइदैछ । प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनबीच हार्दिक सम्बन्ध छ । भारतले जी-२० को अध्यक्षता ग्रहण गरेसँगै फ्रान्सेली राष्ट्रपतिले भारतको नेतृत्वमाथि पूर्ण विश्वास व्यक्त गरेको देखिन्छ । म्याक्रोनले ट्वीटमा उल्लेख गर्नु भएको छ- “मित्र प्रधानमन्त्री नरेन्द्र मोदी लगायत सबैलाई दिगो शान्ति स्थापना गर्ने अभियानमा एकजुट हुन प्रेरणा र सहयोग मिलोस् ।’ राष्ट्रपति म्याक्रोनले पृथ्वी सबैको एक साझा घर भएकाले साझा भविष्यका लागि सबैको प्रयत्न आवश्यक भएको भन्दै भारतले जी-२० को नेतृत्व गरेसँगै यसको नेतृत्व गर्न समेत सफल हुने विश्वास व्यक्त गर्नु भएको छ ।