पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमालको चीनले निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै यस घटनाबाट आफू स्तव्ध भएको बताएकी छन् । प्रवक्ता माओले उक्त घटनामा परी निधन भएकाहरू प्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । उनले मृतक र घाइतेका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै चीन जुनसुकै प्रकारको आतङ्कवादको विरुद्धमा रहेको र आतङ्कवाद विरुद्धको लडाइमा पाकिस्तानको पक्षमा रहेको पनि बताएकी छन् । सार्वजनिक गरिएको विवरण अनुसार सोमबार भएको सो आक्रमणमा ५९ जनाले ज्यान गुमाएका छन् भने १५७ जना घाइते भएका छन् ।